School community texture

वि.सं. २०५८ को जनगणना अनुसार यस विद्यालयको सेवा क्षेत्रको पुरुष १०१४६ (५०.८४%) र महिला ९८११ (४९.१६%) गरी जम्मा जनसंख्या १९९५७ छ । साक्षरताको दृष्टिकोणले हेर्दा जम्मा जनसंख्याको ४१.०२% मात्र साक्षर छन भने लैगिंक आधारमा हेर्दा जम्मा साक्षरता प्रतिशतको ५४.२६% पुरुष र २७.३३% महिला साक्षर देखिन्छन । यस सेवाक्षेत्रमा यादव, महतो, कुर्मी, हलुवाई, कुमाले, ठाकुर, मलहा, लोहार, सुनार, दुसाद, धानुक, चमार, खत्वे, मुसहर, डुम, हलखोर, कायस्त, माडवारी, बनिया, तेली, सुडी, मुसलमान, नेवार, ब्राहृमण, क्षेत्री, ठकुरी, बडही, नाई आदि जातका मानिसहरु बसोवास गर्दछन । यहाका बासिन्दाहरु हिन्दु, मुस्लीम र क्रिश्चियन धर्म मान्दछन भने मैथली भाषा बोल्नेहरु ९०.२०%, नेपाली भाषिहरु ६.७०, उर्दु भाषा बोल्नेहरु १.१% र अन्य भाषा बोल्नेहरु २.०% छन ।

मैथिली भाषीहरु मिथिला संस्कार र संस्कृतिका अनुयायी भएकोले शिव, राम, कृष्ण, सीता, दुर्गा, काली, सल्हेश आदि देवी देवताका आराधना गर्दछन, भने छठ, जितिया, झिजिया, चौठीचन, होली, समाचकेवा, जुडशीतल, लक्ष्मी पूजा जस्ता चाडवाडहरु मनाउछन । मैथिली समुदायका अधिकांश मानिसहरु धोती, कमिज, सारी, ब्लाउज, गम्छा जस्ता पोशाकहरु लगाउछन भने युवाहरु सर्ट, पाईन्ट, कुर्ता, सुरुवाल लगाउछन । ईस्लाम धर्मालम्बीहरु अधिकांश लुगीं, कमिज, टोपी, सारी, जम्फर, बुर्का आदि पोशाकहरु लगाउछन भने युवाहरु सर्ट, पाईन्ट, कुर्ता, सुरुवाल लगाउछन । ईस्लाम समुदायका मानिसहरु अल्लाहलाई आराध्य देवता मान्दछन भने ईद, बकरिद, मोहरम जस्ता चाडपर्वहरु मनाउछन । नेपाली भाषीहरु दशै, तिहार, जस्ता चाडवाड मनाउदछन भने मैथिली भाषीहरुले जस्तै धर्म, कर्म मान्दछन र पोशाक लगाउछन ।

यस समुदायको मुख्य पेशा कृषि भएकोले अधिकांश कृषि पेसामा आश्रति छन भने अन्य शिक्षण, निजामति सेवा, व्यापार, स्वास्थ्य सेवा, बैदेशिक रोजगार, मजदुरी आदि पेशामा संलग्न रहेर जीवीकोपार्जन गरि रहेका छन । सहरी परिवेशमा बसाबास गर्ने व्यापारीहरुको अवस्था सन्तोष जनक भए तापनि कृषि उत्पादन दिनानुदिन छुटदै जानु, रोजगारीको अवसर न्यून हुदै जानु जस्ता विविध समस्याले गर्दा गरिवी, अशिक्षा र अज्ञानताको कारण ग्रामीण परिवेशमा बसोवास गर्ने मानिसहरुको जीवनस्तर दयनीय देखिन्छ ।